‘वन्ठे’ की नायिका परी वाल्यवस्थामा देखा परिन


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘वन्ठे’ की नायिका परी शाक्य एकाएक लगनखेल स्थित एक बिद्यालयमा बाल्यवस्थामा देखापरिन तर उनी वास्तविक जीवनमा नभई “स्वस्थ जिवन” नामक एक चेतनामुलक सडक नाटकको एक बालिकाको भुमिकामा देखापरेकी थिईन । अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट पाटन हस्पिटलले एजुकेश्नल थिएटर ईन नेपाल संगको सहकार्यमा स्वस्थ जीवन नामक स्वास्थ्य संग सम्बन्धित सडक नाटक देखाईएको हो ।

वैसाख १० गते देखी ललितपुर जिल्ला भित्रका निम्न प्राथमिक तहका छात्र,छात्रा लाई केन्द्रीत मा राखेर नाटक प्रर्दशन गरीदै आएको छ । उक्त नाटकमा बलबालीकाहरुलाई कसरी स्वस्थ जीवन जिउने भन्ने कुरालाई नाटकीय शैलीमा रमाइलो वातावरणमा बालबालीका माझ प्रदर्शन भई रहेकोे छ । नाटकमा बलबालिकाहरुलाई बिहान र बेलुका दाँत माझ्नु पर्ने र खानाखानु भन्दा अगाडी र शौचालय गएर आएपछी राम्रो संग साबुन पानीले हातधुनु पर्छ र यदी यसो नगरेमा झाडा पखाला र टाईफाइड जस्ता डरलाग्दो रोग लाग्न सक्छ भन्ने चेतनामुलक शन्देस यस सडक नाटकबाट रमाइलो तरीकाबाट प्रस्तुत गरीएको छ । “वन्ठे” चलचित्र की नायिका परी शाक्यको अलवा सुनैना पन्थि, आई.पी आचार्य, मनोज तामाङ्ग सपना खत्रि र प्रतिक दुलाल लगाएतको अभिनय रहेको छ । लेखन तथा निर्देशन केवल भुजेलको रहेको छ । नाटकको सम्योजन भने सुमिता शाक्यले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.