१ वर्ष लगाएर नेपाली चलचित्र ‘ब्ल्याक’को भिएफएक्स


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘ब्ल्याक’को आधा लगानी यसको भिएफएक्समा खर्च भएको निर्देशक प्रदीप श्रेष्ठले बताएका छन् । नेपाली चलचित्रको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै, त्यसमा प्रविधिको माध्यमबाट एउटा इट्टा थप्ने ‘ब्ल्याक’ले सहयोग गर्ने निर्देशक श्रेष्ठले दावी गरे ।

चलचित्रको पछिल्लो रिलिज गीत ‘पल पल हरपल’ बोलको गीतमा पनि भिएफएक्सका थुप्रै दृश्य समावेश गरिएको छ । यसलाई निर्देशकले एउटा उदाहरण मान्न पनि आग्रह गरेका छन् । चलचित्रको छायाँकनमा जति खर्च भएको छ, त्यति नै भिएफएक्स गर्दा खर्च भएको र यसले ‘ब्ल्याक’मा भिएफएक्सको माध्यमबाट दर्शकले सौन्दर्य देख्न पाउनेछन् ।

आश्मा पाण्डेले निर्माण गरेको चलचित्र भिएफएक्स गर्न मात्रै १ वर्ष लागेकोले पनि चलचित्र दर्शकले रुचाउनेमा श्रेष्ठ आशावादी रहेका छन् । चलचित्रको भिएफएक्सको काम समिर मिया र श्रीकृष्ण श्रेष्ठले गरेका हुन् । मौनता श्रेष्ठको कथामा तयार भएको ‘ब्ल्याक’मा आकाश श्रेष्ठ, आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजालको मुख्य भूमिका रहेको छ । जेठ ११ गते प्रदर्शन हुने चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायाँकन, चन्द्र पन्तको द्वन्द, अर्जुन जिसीको सम्पादन रहेको छ ।