गीतकार विजया गुरुङ्गको ‘मोसन अफ लभ’ सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गीतकार विजया गुरुङ्गको पहिलो एल्वम ‘मोसन अफ लभ’ सार्बजनिक गरिएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्गको शब्दलाई संगीतकार बिनोद पछाईले संगीत भरेका छन् ।

मोसन अफ लभमा ५ वटा गीत रहेका छन् जसमा अन्जु पन्तको आवाजमा तिम्रा हजार गल्तीलाई माफ गरे मैले, बिश्व नेपालीको आवाजमा आमा मेरी आमा, दिपा लामाको आवाजमा औला गन्दै छु म तिम्रो पर्खाइमा, पल पल साथै रहुँ म तिम्रो, बिन्दु परियारको आवाजमा सिरसिरे बतासैले लगायतका गीतहरु रहेका छन् ।

बरिष्ठ गीतकार कवि तथा पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाको प्रमुख अतिथ्यतामा गीतकार विजया गुरुङ्ग, पुना इन्टरनेशनलका अध्यक्ष सिबि गुरुङ्ग, संगीतकार बिनोद पछाईका साथै गायक गायिकाहरुले संयुक्त रुपमा एल्वम बिमोचन गरेका थिए ।

कार्यक्रममा एल्बममा रहेका गीतहरुलाई गायक गायिकाहरुले प्रत्यक्ष रुपमा गाएर सुनाएका थिए । बिजया गुरुङ्गको मोसन अफ लभको आगमन सँगै नेपाली संगीत आकाशमा अर्का एक श्रष्टाको उदय भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.