सलिनको दोस्रो चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ को औपचारिक घोसणा


सेलिब्रेटी नेपाल काठमाडौँ

पहिलो चलचित्र बाट नै राम्रो सम्भावना देखाएका कलाकार सलिनमान बनियाको शिर्ष भूमिका रहने चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ को औपचारिक घोसणा गरिएको छ । चलचित्र ‘ए मेरो हजुर २’बाट नेपाली चलचित्रमा प्रवेश गरेका बनिया पहिलो चलचित्रबाट सफल भए पछि उनलाइ थुप्रै अफर आएका थिए ति सबै मध्ये बाट उनले ‘यात्रा अ म्युजिकल भ्लग’ मा काम गर्ने भएका हुन् । चलचित्रमा उनि संगै सलोन बस्नेतको पनि मुख्य अभिनय रहेको छ । सलिन र सलोन संगै चलचित्रमा जाहन्वी बस्नेत, रियर राई, प्रेक्षा बज्राचार्य, मालिका महत, बिशाल कटुवाल, धिरेन शाक्य, राजराम पौडेल, जयनन्द लामा, समृद्दी राई, जुन छ्यांग (चिन), बोबी (केन्या), योगेश जंग कुँवर, राजेश बिसुरल, आईपी आचार्य, नानीकाजी डंगोल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा र बालकलाकारमा अंकित संग्रौला, एन्जल राईको अभिनय रहनेछ ।

चलचित्र लाइ कोटकी कालिका देवी प्रालीको व्यानरमा केशव भट्टराई, मुक्ती तिमल्सिना, मधू क्षेत्री र धर्मराज अधिकारीले संयुक्त रुपमा निर्माण गर्दै छन् । सम्राट शाक्यले निर्देशन गर्ने चलचित्रको कथा निर्देशक शाक्य संगै आशिष रेग्मी, सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातिले लेखेका हुन् । चलचित्रमासंजय लामाको छायाँकन, कविराज गहतराज/प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन र शम्भुजित बाँस्कोटा/प्रतिक पौडेल/कोबिद बज्रको संगीत रहनेछ । चलचित्र आगामी असोज ५ गते बाट सार्बजनिक प्रदर्शनीमा ल्याउने बताईएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.