सती प्रथा भन्दा पनि गम्भीर दाइजो प्रथाको कथा ‘भोर’


सेलिब्रेटी नेपाल काठमाडौँ

सती प्रथाको कथामा चलचित्र झोला बनाएका निर्देशक यादब भट्टराईको दोश्रो निर्देशकीय चलचित्र ‘भोर’ बैशाख २१ गते बाट सार्बजनिक प्रदर्शनमा आउदै छ । दाइजो प्रथाको बिषयमा बनेको चलचित्र ‘भोर’ ले बिसेष गरि तराई क्षेत्रमा ब्याप्त दाइजो लेन देनको बिषय बोल्ने छ । सति प्रथा भन्दा पनि गम्भीर बिषय हो दाइजो, सति प्रथामा श्रीमानको मृत्यु पछि मात्र महिलाले पिडा खेप्नु पर्छ भने दाइजो प्रथामा महिला र उनको परिवारले दिनहु जस्तै पिडा खेप्नु पर्छ त्यसै कारण ‘झोला’ भन्दा पनि भोर गम्भीर बिषय भएको निर्देशक यादब भट्टराई बताउछन् । चलचित्रको सम्पूर्ण छायांकन जनकपुरमा गरिएको छ भने चलचित्रमा सम्पूर्ण कलाकार पनि मिथिलान्चलका नै रहेका छन् । निर्देशक भट्टराईले चलचित्र मार्फत दाइजोले भोग्नुपरेको आम जनताको पीडालाई पर्दामा उतार्न खोजेको बताए । चलचित्रको कथालाई ‘झोला’ का लेखक कृष्ण धरावासीले लेखेका हुन् भने पटकथा निर्देशक भट्टराई कै रहेको छ ।

राजधानीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै चलचित्रकि मुख्य पात्र डली सरकारले चलचित्रले मधेशको पीडालाई उठान गरेको बताइन् । ‘यो चलचित्रमा मधेशको समस्यालाई प्राकृतिक रुपमा उतारिएको छ, चलचित्र हेरेपछि दर्शकको मन छुन्छ’, उनले भनिन्, ‘मिडियाका माध्यमबाट हामीले मधेशको समस्यालाई उठाउन सकेका छैनौं, तराई क्षेत्रमा यो चलचित्रले कुनै न कुनै सन्देश फैलाउनु पर्छ ।’

चलचित्रलाई एक वर्ष लगाएर तयार पारेको निर्माण टिमले बतायो । तराईका विशेष चाड तथा सांस्कृतिक पक्षलाई समेत उठाउनुपर्ने भएकाले चलचित्रको छायांकन पूरा हुन एक वर्ष लागेको हो । निर्देशक भट्टराई भन्छन ”दाइजोको कारणले हत्या गरिएको कथा भएकाले छायांकनमा अवरोध आउँछ कि भन्ने लागेको थियो, तर सबैबाट सहयोग पाइयो, दाइजोको निहुँमा ज्यान मारेको कथा भएकाले अवरोध हुन्छ कि भन्ने लागेको थियो ।”

चलचित्रलाई रिलिजपूर्व जनकपुर, पोखरा र हेटौंडामा प्रिमियर गरिएको थियो । भाषिक रुपमा मैथिली भाषाको समेत प्रयोग गरिएको चलचित्रले प्रिमियरबाट राम्रो प्रतिक्रिया पाएको छ । चलचित्रमा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको छायाँकन दीपक बज्राचार्यले गरेका हुन् भने राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी रहेका छन् । उज्जल ढकालले चलचित्रलाई सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.