सलोन र कबिर भन्दै छन् ‘सुको नहोस् यार’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

बैशाख २८ मा सार्बजनिक हुने चलचित्र ‘लम्फू’को डान्सिङ्ग गीत सार्बजनिक गरिएको छ । सार्वजनिक ‘सुको नहोस् यार’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा शिव परियारको स्वर रहेको छ । शब्द प्रमोद ढुंगानाले लेखेका छन् । गीतको भिडियोका कोरियोग्राफर शिव बिक हुन् । गीतमा नायकद्वय कबिर खड्का र सलोन बस्नेत फिचरिङ्ग छन् । गीतमा युवा अवस्थामा पैसा नहुँदा पनि जिन्दगी रमाईलोसँग बितेका पलहरु पाईन्छ ।

यसअघि नै यो गीतको कभर भिडियो प्रतियोगीता पनि घोषणा गरिएको थियो । गीतको कभर भिडियो बनाई हाईलाइट्स नेपालमा पठाउन सकिनेछ । यसअघि यो चलचित्रका दुई गीत र ट्रेलर रिलीज भईसकेका छन् । चलचित्रको ट्रेलर यतिबेला चर्चामा छ । टिपिकल नेपाली शैलीमा बनेको ट्रेलरलाई अर्गानिक शैलीको ट्रेलर बनेको भन्दै प्रशंशा गरिएको छ ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । यस चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ ।

यो चलचित्रमा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको ‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन् । चलचित्रमा रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.