बालकृष्ण समको १११ औं जयन्तीको उपलक्ष्यमा समको शालिकमा माल्यार्पण



त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसार्इंद्वारा नाट्यसम्राट् बालकृष्ण समको १११ औं जयन्तीको उपलक्ष्यमा तिलगंगास्थित सञ्चारग्राममा रहेको बालकृष्ण समको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ । सोही अवसरमा उनले कवि शिरोमणि लेखनाथ पौडेल र महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालिकमा समेत माल्यार्पण गरेकी थिइन् ।
बालकृष्ण सम फाउन्डेसनका संयोजक तथा विश्वनारी नेपाली साहित्य सम्मेलनका अध्यक्ष प्राडा गार्गी शर्माको सभापतित्वमा सम्पन्न सो काव्यसभामा त्रिमूर्ति निकेतनका अध्यक्ष प्रसार्इं, सदस्यसचिव नरेन्द्रराज प्रसाईं तथा १११ औं सम जयन्ती समारोहका सञ्चालक ठाकुर बेलवासेले त्रिमूर्ति कवि शिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जलि हुने धारणा राखेका थिए ।

बाल कृष्ण समको प्रोफाइल यहाँ क्लिक गर्नु होला

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.