‘सयकडा दश’ मार्फत मनोज गजुरेल चलचित्रमा डेब्यु गर्दै


सेलिब्रेटी नेपाल काठमाडौँ

रामशरण पाठकले निर्देशन गर्ने चलचित्र ‘सयकडा दश’ को छायांकन सुरु भएको छ । चलचित्र सोसल एवं कमेडी कथामा निर्माण हुनेछ । यही चलचित्र मार्फत कमेडियन मनोज गजुरेल चलचित्रमा डेब्यू गर्दैछन् । ”डेब्युका लागि उपयुक्त चलचित्रको पर्खाइमा थिएँ, ”गजुरेलले भने, ”म कमेडी विधाकै भएपनि मेरो विचारमा चलचित्रको भूमिका सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ भन्ने हो । सयकडा दश यी दुईको उपयुक्त मिश्रण हो मेरा लागि ।”

‘सयकडा दश’ मा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा, मानस्वी निरौलालगायत कलाकारको अभिनय रहने छ । रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत रहने छ ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गर्न लागेका हुन् । काठमाडौं र पोखरामा छायांकन गरिने चलचित्र छायानाकं अबधि ३० दिनको हुने जानकारी निर्देशक पाठकले दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.