दाईजो प्रथामा बनेको चलचित्र ‘भोर’ हेटौडामा च्यारीटी सो सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ

तराईमा रहेको दाईजो प्रथाको बिषयमामा निमार्ण भएको चलचित्र ‘भोर’ को हेटौडामा च्यारीटी सो सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले आयोजना गरेको च्यारीटी सो हेरे पछि दर्शकहरुले चलचित्रको खुलेर प्रशंसा गरेका छन्। दर्शकहरु संग बसेर चलचित्र हेर्दै निर्देशक यादब भट्राईले चलचत्रिमा वास्तविक कथालाई पर्दामा उतार्दा दर्शकहरुले तारिफ गरेको बताए । यसअघि भट्राईले सती प्रथामा आधारित चलचित्र ‘झोला’ निर्देशन गरेका थिए । ओम म्याक्स हलमा सम्पन्न च्यारिटि शोमा निमित्त प्रमुख जिल्ला अधिकारी बिनोद प्रसाद खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिकासराज खनाल , माईती नेपालकी संयोजक माया लामा, अस्मिता नेपालकी अध्यक्ष आरती पाठक, शक्ती समुहका क्षेत्रीय संयोजक अस्मिता तामाङ तथा महिला हिंसा तथा मानव अधिकारसम्बन्धि काम गर्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौत्तमले चलचित्र ‘भोर’ तराईमा भएको वास्तविक घटनामा आधारित चलचित्र भएकोले च्यारिटि शो गरेको जानकारी दिए । चलचित्रमा रामनारायण ठाकुर, राजेश सक्सेना, डोलि सरकार र बि.एन पटेल लगायतको अभिनय रहेको छ । चलचित्रलाई देवेन्द्र सुवेदीले निर्माण गरेका हुन् ।

नयाँ बर्ष २०७५ को सम्पूर्ण आमा बुबा दाजु भाई तथा दिदि बहिनि हरुमा मंगलमय शुभकामना नयाँ बर्ष २०७५ संगै नयाँ कामको सुरुवात होस् मेरो तर्फ बाट यहि शुभकामना

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.