सेलीब्रेटी नेपाल माघ २५ गते-जीन्दगी दौड हो, यो दौडमा हिम्मत नहारि दौडिरहने व्यक्तिले के सम्म गर्न सक्छ र जीवनलाई लक्ष्यविहिन र कर्मविहिन बनाउँदा मान्छे कहाँ पुग्छ भन्ने कुरालाई प्रस्ट्याउँदै तयार पारिएको अन्तराल युवावर्ग लक्षित भएको भनाइ चलचित्रका सम्बन्धित व्यक्ति हरुले राजधानीमा आयोजित एक कार्यक्रममा बतायका छन् बुधबार पत्रकार सम्मेलन गरि चलचित्र अन्तरालको फस्टलुक अर्न्तगत पोस्टर र वेभसाईटको साथमा अडियो सिडी पनि सार्वजनिक गरियको छ । चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् । नेपाली सिनेमाको निर्देशकीय पाटोमा महिलाहरुको उपस्थिती कमजोर भइरहेको समयमा दीपाले सिने नगरीमा पाइला टेकेकी हुन् ।चलचित्रमा रुबी राणा, राजकुमार पुडासैनी, कमलमणी नेपाल, नम्रता सापकोटा, अशिस्मा नकर्मी, अमितेश शाह, जेसिका बोगटी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा शशि विक्रम थापाको संगीत, शिवराम श्रेष्ठको छायांकन, अभिमन्यू निरवीको लेखन समावेश छ । चलचित्रका गीतमा जीवन कार्की, अशोक सिवाकोटी, दीपा बस्नेत, तिर्थ दावाली भाई, अभिमन्यू र निरवीले शब्द कोरेका छन् ।
सम्बधित पोस्टहरु
‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत सार्वजनिक,कामेश्वर र लक्ष्मीको माया प्रेम
काठमाडौँ। असोज २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मरौं ज्यानले’ बोलको गीतमा शब्द रचना सुरेश बडालको,स्वर र संगीत सुशान्त गौतमको रहेको छ।...
चलचित्र ‘मालती मंगले’को छायाङ्कन सम्पन्न
काठमाडौं। चलचित्र ‘मालती मंगले’ को छायाङ्कन सम्पन्न भएको छ। लगातार छायाङ्कनको क्रममा ३१औँ दिन सोमबार छायाङ्कन कार्य औपचारिक रूपमा समाप्त भएको कार्यकारी निर्माता सागर ज्ञवालीले बताए। उनका अनुसार छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका...
जनजातीय आन्दोलनको कथामा चलचित्र ‘लडाइँ पहिचानको’
काठमाडौं। कोशी प्रदेशको नामविरुद्ध सञ्चालित ‘नो कोशी आन्दोलन’लाई कथावस्तुको आधार बनाएको चलचित्र ‘लडाइँ पहिचानको’ को टिजर सार्वजनिक गरिएको छ। भिम लामाको निर्देशनमा बनेको चलचित्र आगामी मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा...
आज ‘राष्ट्रिय चलचित्र दिवस’ मनाइदै,नेपाली फिल्म ६० वर्षको यात्रामा
काठमाडौं । नेपाली चलचित्रले बुधबार आफ्नो ६० औं वर्षगाँठ मनाएको छ । सन् १९६४ (वि.सं. २०२२ असोज १५) मा पहिलो नेपाली चलचित्र ‘आमा’ प्रदर्शनमा आएको दिनलाई आधार मानेर यो गणना गरिएको हो । यही मितिलाई स्मरण गर्दै सरकारले असार १३ गतेको...
चलचित्र ‘सोल्टिनी’को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक
काठमाडौं। भाइटिकाको अवसर पारेर कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सोल्टिनी’ को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक गरिएको छ। बडादसैँको महाअष्टमीका दिन, मङ्गलवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको...
‘मैझारो’ को रोमान्टिक गीत सार्वजनिक, धिरज र मिरुनाको रोमान्टिक अवतार
काठमाडौं । चलचित्र ‘मैझारो’ मा समावेश गरिएको गीत ‘तिमीलाई के थाहा सानु’ बडादसैंको फूलपातीको अवसर पारेर ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई प्रेमिल जोडीका रूपमा...