सेलीब्रेटी नेपाल माघ २५ गते-जीन्दगी दौड हो, यो दौडमा हिम्मत नहारि दौडिरहने व्यक्तिले के सम्म गर्न सक्छ र जीवनलाई लक्ष्यविहिन र कर्मविहिन बनाउँदा मान्छे कहाँ पुग्छ भन्ने कुरालाई प्रस्ट्याउँदै तयार पारिएको अन्तराल युवावर्ग लक्षित भएको भनाइ चलचित्रका सम्बन्धित व्यक्ति हरुले राजधानीमा आयोजित एक कार्यक्रममा बतायका छन् बुधबार पत्रकार सम्मेलन गरि चलचित्र अन्तरालको फस्टलुक अर्न्तगत पोस्टर र वेभसाईटको साथमा अडियो सिडी पनि सार्वजनिक गरियको छ । चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् । नेपाली सिनेमाको निर्देशकीय पाटोमा महिलाहरुको उपस्थिती कमजोर भइरहेको समयमा दीपाले सिने नगरीमा पाइला टेकेकी हुन् ।चलचित्रमा रुबी राणा, राजकुमार पुडासैनी, कमलमणी नेपाल, नम्रता सापकोटा, अशिस्मा नकर्मी, अमितेश शाह, जेसिका बोगटी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा शशि विक्रम थापाको संगीत, शिवराम श्रेष्ठको छायांकन, अभिमन्यू निरवीको लेखन समावेश छ । चलचित्रका गीतमा जीवन कार्की, अशोक सिवाकोटी, दीपा बस्नेत, तिर्थ दावाली भाई, अभिमन्यू र निरवीले शब्द कोरेका छन् ।
सम्बधित पोस्टहरु
प्रदीप खड्काको अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘टनेल २६’को टिजर सार्वजनिक
काठमाडौं । चौधरी ग्रुपका निर्वाण चौधरीले नेपाली अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता र भुटानका चर्चित अभिनेता संगय छेल्ट्रिमसँगको सहकार्यमा निर्माण गरेको फिल्म ‘टनेल २६’को टिजर सार्वजनिक गरिएको छ ।...
‘द एभरेस्ट ड्रीम’ ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड
काठमाडौं । निर्देशक तथा पत्रकार गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभल (Cobb International Film Festival) मा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ...
१५ वर्षको यात्रामा सेलिब्रेटी नेपाल : विश्वास, निरन्तरता र नेपाली मनोरञ्जन पत्रकारिताको नयाँ अध्याय
१४ वर्षअघि नेपाली मनोरञ्जन क्षेत्रमा डिजिटल माध्यमको प्रभाव विस्तार हुँदै गर्दा सेलिब्रेटी नेपालले आफ्नो यात्रा सुरु गरेको थियो।
प्रेम, बाध्यता र धोकाको कथा भन्दै आयो ‘माया भनेकै यस्तो होला’को टिजर
काठमाडौं । लामो समयपछि निर्देशनमा फर्किएकी रेखा थापाको फिल्म ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्ममा प्रेम, विवाह, विश्वास, बाध्यता र धोकाबीचको सम्बन्धलाई मुख्य विषय बनाइएको संकेत गरेको छ । टिजरमा दिल...
पल शाहको निर्माणमा ‘यानीमाया’को छायांकन सुरु
काठमाडौं । अभिनेता पल शाहको निर्माणमा बन्न लागेको फिल्म ‘यानीमाया’को छायांकन सुरु भएको छ। निर्माण पक्षका अनुसार फिल्मको छायांकन ३५ दिनमा सकिनेछ। गागलफेदीस्थित फिल्म स्टुडियोमा छायांकन सुरु गर्नुअघि शुभसाइत समारोह आयोजना गरिएको...
२५ वर्षपछि झरना थापा ‘ए मेरो हजुर’मा फर्किँदै, ‘ए मेरो हजुर ५’को शुभमुहूर्त
काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ । निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरेको हो ।...



