माया,प्रेम,हाँसो र रोदनले भरिएको ‘लम्फु’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

बैशाख २८ मा रिलीज हुने नेपाली चलचित्र ‘लम्फू’को ट्रेलर रिलीज गरिएको छ । बिहिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा नव-नायक कबिर खड्का र नायक सलोन बस्नेतलाई बिशेष फोकस गरिएको छ । अभिनेत्री मरिश्का पोखरेलको प्रेममा कबिर देखिएका छन् । सलोन भने केहि फरक भूमिकामा देखिएका छन् । ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई स्थान दिइएको छ ।

कार्यक्रममा बोल्दै नव-नायक कबिर खड्काले अनुभवी टीमबाट चलचित्रमा डेब्यू गर्न पाएकोमा खुशी व्यक्त गरे । ओस्कार फिल्म एकेडेमीबाट अभिनयमा स्नातक गरेका खड्काले ‘लम्फू’ आफ्नो लागी ‘टर्निङ्ग पोईन्ट’ रहेको बताए । अभिनेता सलोन बस्नेतले ‘लम्फु’मा आफुले अरु चलचित्रमा भन्दा फरक भूमिकामा अभिनय गरेको बताए । बस्नेतले कमेडी मात्र नभएर अलिकती डार्क साइडमा रहेर अभिनय गरेको बताए ।

ट्रेलर रिलीज कार्यक्रममा तरकारीवालीको नामले प्रख्यात कुशुम श्रेष्ठको समेत उपस्थिती थियो । चलचित्रमा कुशुमको पनि छोटो भूमिका रहेको कार्यक्रममा जानकारी गराईयो । कार्यक्रममा बोल्दै कुशुमले बैशाख २८ मा चलचित्र रिलीज भएपछि प्रतिक्रियाको आधारमा मात्र आफु अभिनयमा अगाडी बढ्ने बताईन् । कार्यक्रममा नायिका मरिश्का पोखरेलको भने उपस्थिती थिएन ।

चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले चलचित्र हेरेपछि राम्रो लागे ताली नलागे गाली दिन आग्रह गरे । निर्माता शक्तिबल्दब घोरासैनीले आफुले दर्शक भएर ‘लम्फू’लाई हेरेको बताए । दर्शकको रुपमा हेर्दा चलचित्र गुणस्तरिय रहेको उनले बताए ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । यस चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । ‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन् । चलचित्रमा रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.