होस्टेलमा शोभितका छोराको कमाल हिरो गायक संगीतकार



सेलीब्रेटी नेपाल माघ २४ गते-बाल्यकालमा थुप्रै सिनेमामा अभिनय गरेका सलोनले चलचित्र होस्टेल मार्फत सिनेमा नगरीमा नायकको रुपमा डेब्यु गर्दैछन् । होस्टेलमा नायकको रुपमा उभिन लागेका सलोन यसै सिनेमा मार्फत गायक,गीतकार र संगीतकारको रुपमा पनि उदाउँदैछन् । होस्टल नामक चलचित्रबाट हिरोको रुपमा डेब्यु गर्न लागेका सलोन पनि पिता शोभितजस्तै मल्टी ट्यालेन्टका रुपमा देखिँदै छन् । जवान हुँदै गएपछि बाध्यतावश बालकलाकारको भूमिकाबाट बिदा भएका उनी हिरोको रुपमा डेब्यु पाएको चलचित्रबाटै गायक, गीतकार र संगीतकारको समेत परिचय बनाउने प्रयास गर्दै छन्। यसका लागि फिल्ममा रहेका ३ गीतमा आपूले संगीत दिएको सलोनले जानकारी दिए । सलोनकै संगीतमा जय जय महादेव बोलको गीतको रेकर्डिङसमेत भइसकेको छ । बोलबाटै भजन भनेर थाहा हुने यो गीतलाई सलोनले जमानाअनुसार आधुनिक संगीतको रुप दिएका छन् । अभिनय, फिल्म लेखन, नृत्य र नृत्य निर्देशनमा पोख्त बाबुका यी छोराले योभन्दा अगाडि आफ्नै बाबुको फिल्म मनका लागि गीत गाइसकेका छन् भने विभिन्न कार्यक्रममा समेत गीत गाउँदै आएका छन्। होस्टल सुनिल रावलले सायदपछि बनाउन लागेको अर्को फिल्म हो। यसमा नायक भुवन केसी पुत्र अनमोल केसी, टीका पहाडी पुत्र गौरव पहाडीले पनि अभिनय गर्दै छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.