कलाकार तथा निर्देशक खड्गी पाँच लाख धरौटीमा रिहा


सेलिब्रेटी नेपाल काठमाडौँ
कलाकार तथा निर्देशक राजेन्द्र खड्गी पाँच लाख धरौटीमा रिहा भएका छन् मानब बेच बिखन तथा ओसार पसार अभियोगमा पक्राउ परेका खड्गी पुर्पक्षका लागि थुनामा राख्न गरेको माग उच्च अदालत, पाटनले बदर गरे पछि उनी धरौटीमा आइतबार छुटेका हुन्।

न्यायधीशद्वय विनोद मोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इजलासलाई बदर गरेपछि केन्द्रीय कारागार, सुन्धारामा रहेका खड्गी छुटेका हुन्।

खड्गीलाई फागुन १८ गते पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत काठमाडौंले फैसला सुनाएको थियो। तर, खड्गी मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १७ अनुसार उच्च अदालत, पाटन गएका थिए।

सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए। फर्किने बेलामा दुई जना मात्र नेपाल आएपछि उनलाई मानव बेचविखनको आरोप लागेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.