हिमालय रोडिज दोस्रो सिजनका लागि तयार ! २० लाख नगद र यामाहा बाईक जित्ने अवसर



हिमालय रोडिजको पहिलो संस्करणको सफलता पश्चात यो टोली अब दोस्रो संस्करण–वाईल्ड वाईल्ड वेस्टका लागि पूर्ण रुपमा तयार भइ सकेको छ । विगत १५ वर्ष देखि एम.टी.भी. ईन्डियामा सबैभन्दा लोकप्रिय कार्यक्रमका रुपमा रोडिज वास्तविकतामा आधारित केही उत्कृष्ट टेलिभिजन कार्यक्रम (रियालिटि सो) मध्ये एक हुन सफल भएको छ । उक्त कार्यक्रमको लोकप्रियता नेपालमा पनि देखियो । नेपालका ५ सहरहरुबाट झण्डै १०,००० प्रतिस्पर्धीहरु यो प्रतियोगितामा भाग लिन तत्पर थिए जस मध्ये १८ जनालाई चयन गरियो जसलाई त्यसपछि एउटा कठोर प्रक्रियाबाट पार गराइयो जुन उनीहरुका लागि जिवनकाल कै एक महत्वपूर्ण साहसिक क्षणका रुपमा स्थापित भयो ।

भियाकम को लाइसेन्स अन्तर्गत रहेर हिमालय टेलिभिजनले यो टेलिभिजन कार्यक्रमको अन्तर्राष्ट्रिय प्रशारण अधिकार (इन्टरनेशनल फ्रेन्चाइज) लिदै नेपालीहरु समक्ष लगातार दोस्रो वर्षका कार्यक्रमहरु सार्वजनिक गर्न लागेको छ । हिमालय रोडिज यस पटक फेरि चितवन, वुटवल, पोखरा र काठमाडौंमा अडिसनका लागि आउ“दैछ । साथै यस पटक अडिसनका लागि इटहरी समेत नया सहरका रुपमा सूचीमा थपिएको छ ।

यस श्रृङ्खलाका निर्देशक अमन प्रताप अधिकारीले हिमालय रोडिजको पहिलो संस्करणले नेपालीहरुलाई स्वदेश मै उत्पादित टेलिभिजन कार्यक्रमतर्फ आकर्षित गर्नुका साथै स्थानिय दृश्यहरु तर्फ पनि प्रेरित गरेको बताए । ‘दास्रो सिजन चुनौतिहरुले भरिएको छ र उत्तिकै मनोरञ्जनात्मक पनि छ । हामी एउटा समूहमा रुपमा नया“ अध्यायका लागि निकै उत्साहित रहेका छौं ।’ उनले थपे ।
दिया मास्के, रेमण्ड दास श्रेष्ठ र आशिष राना ‘लाहुरे’ यस सिजनमा फेरि निर्णायकका रुपमा पुनरागमन गर्दैछन् । पहिलो संस्करणका विजेता समन श्रेष्ठ र उप विजेता अनिमेश शाहि यस पटकका कार्यक्रम सञ्चालक रहेका छन् । हिमालय रोडिजको दोस्रो संस्करणको विजेताले नगद २० लाख रुपैया तथा एउटा यमाहा बाईक पुरस्कार पाउनेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.