सलमान खान पचास हजार भारु धरौटीमा रिहा


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

कालो हरिण शिकारको आरोपमा ५ वर्षको जेल सजाय पाएका सलमान खान रिहा भएका छन् । जोधपुर सेशन कोर्टले सलमानलाई ५० हजार भारु धरौटीमा छोडेको हो । ५ वर्षको जेल सजाय सुनुवाई भएपछी सलमानलाई जोधपुर सेन्ट्रल जेलमा लगिएको थियो । जहाँ सलमानले ४८ घण्टा कटाए । सलमानको रिहाइ पछी उनका वकिलले हामीलाई न्याय मिल्यो भन्दै खुसि व्यक्त गरेका छन् । भने, उनका हजारौ फ्यानले अदालत बाहिर खुसियाली मनाएका छन् ।

यदि सेशन कोर्टले सलमानलाई रिहाइ नदिएको भए उनका वकिल महेश बोराले लिंक कोर्टमा जाने बताएका थिए । यदि लिंक कोर्टले पनि रिहाइ नदिएको भए सलमानले अरु दुई दिन जेलमा बिताउनु पर्ने हुन्थ्यो ।

सलमानको विरुद्द मुद्दा हालेको विश्नोई समाजले अब उच्च अदालतलाई अपिल गर्न सक्नेछ । त्यस्तै अदालतले अनुमति नदिँदासम्म सलमान विदेश जान पाउने छैनन् । अब सलमानले मे ७ अर्थात एक महिना अगाडी नै अदालतमा उपस्थित हुनु पर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.