‘लिलिबिली’ नायक प्रदिप संग सेल्फी खिच्नेको भिड


सेलिब्रेटी नेपाल काठमाडौँ

नयाँ बर्षको छेकोमा चैत्र ३० गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लिलिबिली’ले राजधानीमा कन्सर्ट आयोजना गर्दै उपत्यका प्रचार सुरु गरेको छ । नयाँ बसपार्कस्थित बिजी मलबाट उपत्यका प्रचारको सुरुवात गरियो ।
चलचित्रका मुख्य कलाकारद्वय प्रदीप खड्का र जसिता गुरुङसँगै निर्देशक मिलन चाम्स, निर्माताद्वय सुदिप खड्का र गोविन्द शाहीले दर्शक झुमाए । उक्त कार्यक्रममा युवापुस्ता माझ लोकप्रिय नायक प्रदीपको क्रेज पनि देखियो । जब प्रदीप दर्शकसँग सेल्फी लिन मोबाइल तेर्स्याउथे तब दर्शकको आवेग थामीनसक्नु हुन्थ्यो । प्रदीपले दर्शकसँग ‘लिलिबिली’को माया साट्दै थुप्रै सेल्फी पनि लिए ।

यो कन्सर्ट चलचित्र रिलिजसम्म उपत्यकाका काठमाडौँ, भक्तपूर र ललितपुरमा हुनेछ । चलचित्रमा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय रहेको छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.