‘तिमि संग’ प्रदर्शनमा ! प्रिमिएरबाट प्रशंसा अब दर्शकको साथ कस्तो ?


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘तिमि संग’ आज शुक्रबार बाट सार्बजनिक प्रदर्शनमा आएको छ । चलचित्र ‘तिमि संग’ ले सोलो रिलिज पाएको छ । आज बाट नै प्रदर्शनमा आउने भनिएको चलचित्र हिरोज अन्तिम समयमा आएर पोस्ट पोंड गरिएको छ। शिशिर राणा निर्देशित चलचित्रको बुधबार भब्य प्रिमियर गरिएको थियो प्रिमियर बाट राम्रो प्रतिक्रिया पाउन सफल चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह र नाजिर हुसेनको कामले तारिफ पाएको छ ।

शिशिर राणा निर्देशित तथा निर्मित चलचित्रमा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन रहेको छ । शिशिर राणा, साकार ओझा, सुमन उप्रेती र सुशिल क्षेत्रीको पटकथा रहेको छ । चलचित्रमामा साम्राज्ञी, नाजिर, आकाश संगै निर्देशक तथा निर्माता शिशिर राणा, अनुपम श्रेष्ठको मुख्य भूमिका रहेको छ । प्रिमियरको भिडियो हेर्नुस

२ घण्टा १७ मिनेट अवधिको चलचित्रले तीन पात्रको जर्नीको कथा बोल्ने छ । यूकेबाट घुम्न आएकी साम्राज्ञीका गाइडको रुपमा आकाश हुन्छन भने नाजिर हजुरबुबाको एउटा चिठी पुर्‍याउन हिँडेका हुन्छन् । प्रिमियरमा अभिनेत्री साम्राज्ञी र अभिनेता नाजिरको जोडीमा सबैका आँखा तानिएको थियो । झमझम परिरहेको पानीमा पनि साम्राज्ञीको हट पहिरनले प्रिमियर माहोल तताएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.