सलमान खानलाइ ५ वर्षको जेल संजाय


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

२० वर्ष पुरानो कालो हरिण शिकारको मुद्दामा सलमान खानलाई ५ वर्षको जेल संजाय सुनाइएको छ। जोधपुरको स्थानीय अदालतका मुख्य न्यायाधीश देवकुमार खत्रीको इजलासले वन्यजन्तु संरक्षण ऐनअन्तर्गत सलमानलाई दोषी ठहर गर्दै ५ वर्ष कैद फैसला गरेको हो। फैसलामा सलमानलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

फैसलासँगै सलमानलाई जोधपुरको सेन्ट्रल जेल चलान गर्ने तयारी भइरहेको छ। यद्यपी सलमानका वकिल जमानतका लागि अपिल गर्ने तयारीमा छन्। अदालतले अन्य आरोपी सैफअली खान, तब्बू, सोनाली बेन्द्र र निलमलाई भने सफाई दिएको छ।

कालो हरिण शिकार मुद्दामा सलमान खान दोषी ठहरिएका छन् । जोधपुरको सीजेएम कोर्टले सलमानलाई दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ । सलमानका वकिलले २ वर्षको जेल सजाय माग गरेका थिए । त्यस्तै सरकारी वकिलले ६ वर्षको सजाय माग गरेका थिए । अन्त्यमा सलमानलाई ५ वर्षको सजाय सुनुवाई भएको हो । बिश्नोई कम्युनिटीले सलमानको कालो हरिण शिकारको केस दर्ता गरेको थियो । बिश्नोई कम्युनिटीले दुर्लभ प्रजातिको कालो हरिणलाई संरक्षण गर्दै आइरहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.