एस.इ.इ बिद्यार्थीहरुलाइ अवसर ‘एस.इ.इ. डान्स च्याम्पिनशिप २०१८’ हुने


सेलिब्रेटी नेपाल काठमाडौँ
एस.इ इ. दिएर बसेका बिद्यार्थी हरुलाइ टार्गेट गरेर ‘एस.इ.इ. डान्स च्याम्पिनशिप २०१८’ हुने भएको छ । बज्र योगिनी डान्स एण्ड म्युजिक एकेडेमीको आयोजनमा हुने उक्त कार्यक्रमको जज छमछमीका बिजेताहरु अनुजा अग्रवाल,साजन तामाङ,सरोज प्रजा रहने छन् भने मास्टर जजमा महेश गोदार रहेका छन्। प्रतियोगिता तिन चरणमा सम्पन्न गरिनेछ पहिलो छनोट चरण दोस्रो मेगा अडिसन अनि ग्रान्ड फिनाले मार्फत बिजेता घोषणा गरिनेछ।

लामो समय देखि नृत्य विधामा सक्रिय तथा छमछमिको सिजन ३ सम्मका जज महेस गोदारले नृत्य शिक्षालाइ पनि अन्य पाठ्यक्रम जस्तै स्थान दिनु पर्छ भन्ने सोचका साथ एस.इ.इ. डान्स च्याम्पिनशिप गर्न लागीएको बताए ।

झापा,बुटवल,चितवन,पोखरा र काठमाडौँमा अडिसन गरिने जानकारी महेश गोदारले गराए । प्रथम हुनेलाइ नगद पचास हजार,दित्तिए हुनेलाइ नगद तिस हजार र तृतीय हुनेलाइ नगद बिस हजार र प्रतियोगिताको टप फाइभलाइ प्लस टु मा फुल स्कोलरशिप प्रदान गरिनेछ साथै रास्ट्रिय नाचघरमा नृत्य प्रसिक्षणमा स्कोलरशिप पनि प्रदान गरिने छ । प्रतियोगिताको फाइनल असार २३ गते रास्ट्रिय नाचघरमा हुनेछ र उक्त प्रतियोगिता रास्ट्रीय स्तरको टेलिभिजन मार्फत प्रशारण पनि गरिनेछ। प्रतियोगिताको सहयोगीको रुपमा दि इन साइड भिजन कलेज, सेन्ट लरेन्स ग्लासिएर इन्टरनेसनल कलेज,सौर्य इन्टरनेसनल कलेज,प्राक्सिस इन्टरनेसनल एकेडेमी रहेका छन् । एन.प्याब्सन काठमाडौँ र प्याब्सकको बिसेष सहयोग रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.