सेलिब्रेटी नेपाल काठमाडौँ
गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ’शत्रु गते’ ले ६ दिनको हिसाव सार्वजनिक गरेको छ । राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै राजधानीको लागि वितरक बिके फिल्म्सको तर्फबाट गोपाल काजी कायस्थ र मोफसलको लागि वितरक एफडी कम्पनिका बिक्रम पराजुली्ले संयुक्त रुपमा हिसाब सार्वजनिक गरेका हुन् । शुक्रबार देखि बुधबार सम्मको कलेक्सन अनुसार राजधानीमा ३ करोड २५ लाख ग्रस र मोफसलमा २ करोड ३७ लाख ग्रस गरेको छ । चलचित्रले प्रदर्शनको छैठौ दिनसम्म ५ करोड ६२ लाखको कारोबार गरेको वितरकले जानकारी दिएका छन् ।
कलेक्सन सार्वजनिक गरिने क्रममा चलचित्रका निर्माता तथा कलाकार हरिवंश आचार्य , किरण केसी , आँचल शर्मा र निर्देशक प्रदीप भट्टराई उपस्थित थिए । चलचित्र लाई ‘जात्रा’ निर्देशक प्रदीपको यो दोस्रो चलचित्र हो । चलचित्रलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ ।
पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । चलचित्रमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । चलचित्रमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।