नेप्टे शिर्ष गीत‘आँखा छ चिम्रो’ भन्दै रोहित पूर्णिमालाई फकाउँदै


सेलिब्रेटी नेपाल काठमाडौँ

चैत्र ३० गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र चलचित्र ‘नेप्टे’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । ‘आँखा छ चिम्रो’ बोलको गीतमा भिषण राइ र दीपा लामाको स्वर, रोहित रुम्बाको शब्द तथा संगीत रहेको छ । यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, पूर्णिमा लामालाई फिचरिङ गरिएको छ ।

चलचित्रमा किरण माइकलको पटकथा तथा संवाद, रोहितकै कथा, रोशन श्रेष्ठको एक्सन, तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, हरि लामाको छायांकन छ । यो चलचित्रमा दयाहाङ राई, छुल्ठिम गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रमा नायक दयाहाङ राई खलनायकको भूमिकामा देखिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.