सेलिब्रेटी नेपाल काठमाडौँ
गीत चोरीको आरोपमा हिरासतमा पुगेका ‘कृ’ निर्माता सुवास गिरी मुक्त भएका छन् । चलचित्र ‘सम्झना’ का निर्देशक शम्भू प्रधानलाई ११ लाख क्षतिपूर्ति तिर्ने गरि निर्माता गिरी र निर्देशक प्रधानले मिलापत्र गरेका हुन् । यसअघि जाहेरी दिँदा निर्देशक प्रधानले चलचित्रको मुनाफाको ५० प्रतिशत चाहिने भन्दै अड्डि कसेका थिए । बुधवार दिउँसो प्रहरी परिसर, टेकुमा शम्भु र निर्माता गिरी बिच ११ लाखमा मिलापत्र भएको हो । २०४० सालमा प्रदर्शनमा आएको अभिनेता भुवन केसी अभिनीत तथा शम्भु प्रधान निर्मित/निर्देशित चलचित्र ‘सम्झना’ मा समावेश उक्त गीत विना अनुमती चलचित्र ‘कृ’ मा राखिएको भन्दै केही हप्ता अगाडि काठमाडौं प्रहरी परिसर, टेकुमा निर्देशक प्रधानले निर्माता भुवन केसीविरुद्ध जाहेरी दर्ता गराएका थिए ।
अब गिरीले प्रधानलाई ११ लाख क्षतिपूर्ति दिने र युट्युबमा चलचित्र रिलिज हुँदा ‘उकालीमा अघि अघि…’ हरफ काट्नु पर्नेछ । तर, ओभरसिज रिलिजमा भने गीत यथावत नै रहनेछ । बुधवार दिउँसो प्रहरी परिसर, टेकुमा शम्भु र निर्माता गिरीबिच ११ लाखमा मिलापत्र भएको हो ।
यो गीतका अर्जिनल संगीतकारको नाम रञ्जित गजमेर हो । भने, रिमेकमा अल्मोडा राना उप्रेतीको नाम रहेको छ । त्यस्तै गीतको ओर्जिनल शब्द, गायक, गायिका क्रमस: रञ्जित गजमेर, उदितनारायण झा र दीपा झा हुन् । रिमेकमा भने अल्मोडा राना र सविन एकतारे छन् । त्यस्तै रिमेकमा स्वर अल्मोडाकै रहेको छ ।