फुल कमेडी ‘कोहलपुर एक्सप्रेस’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्बजनिक गरिएको हो । अभिनेत्री केकी अधिकारीको निर्माण तथा विशाल भण्डारी निर्देशित चलचित्र कमेडी जनरामा निर्माण भएको हो । करिब २ घण्टा चलचित्रले पूर्ण मनोरंजन दिनेमा आफुले जिम्मा लिने निर्देशक भण्डारीले बताए ।

सार्बजनिक ट्रेलरमा फुल कमेडी भरिएको छ । प्रियंका कार्की र ऋचा शर्मा भिन्न भूमिकामा देखा परेका छन् । बैशाख १४ देखि सार्बजनिक प्रदर्शनमा आऔने चलचित्रमा केकीअधिकारी , प्रियंका कार्की, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

‘कोहलपुर एक्सप्रेस’मा अर्जुन पोखरेल,कालीप्रसाद बाँस्कोटा,राजनराज सिवाकोटीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, बिशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा/संवाद र भद्र बहादुर शाही,देवीलाल न्यौपाने (पण्डित),शिव प्रसाद चौलागाईको लगानी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.