‘कृ’ निर्माता सुवास गिरी पक्राउ


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले पक्राउ गरेको छ। चलचित्र निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो चलचित्र ‘सम्झना’ को गीत ‘कृ’ मा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले ‘कृ’ निर्माता गिरीलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

पुरानो चलचित्र सम्झनाको ‘उकालीमा अघि अघि…’ बोलको गीतलाई बिना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका थिए। प्रधानले आफ्नो गीत चोरी गरेको भन्ने उजुरी दिएपछि हामीले ‘कृ’ निर्माता गिरीलाई नियन्त्रणमा लिएका हौ,’ काठमाडौं परिसरका प्रवक्ता डीएसपी मोहन थापाले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको थापाले बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.