‘हरि’ ट्रेलर सार्बजनिक बिपिन कार्की फरक रुपमा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

विपिन कार्की स्टारर चलचित्र ‘हरि’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले युट्युबमा ट्रेलर सार्बजनिक गरेको हो ।
सफल केसी र प्रतिक गुरुङको लेखन/निर्देशन रहेको चलचित्र जेठ ४ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रमा विपिनका अलावा सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्याम्हो, लक्ष्मी वर्देवा, लोकनाथ आचार्य, प्रकाश, राम भजन र सुनिता बजगाईंको मुख्य अभिनय रहेको छ ।

ट्रेलरमा विपिन भिन्न अवतारमा देखा परेका छन् । ‘हरि’मा अर्जुन कार्कीको सम्पादन, चिन्तनराज भण्डारीको छायाँकन, जसोन कुँवरको संगीत र योगेश्वर पौडेल,थक्पा तामाङ,माधव थापाको निर्माण रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.