सेलिब्रेटी नेपाल काठमाडौँ
गत शुक्रबार देखि प्रदर्शनरत चलचित्र ’शत्रु गते’ ले ब्यापार मात्र राम्रो गरिरहेको छैन, वर्ड अफ माउथ पनि राम्रै पाईरहेको छ । चलचित्र हेर्न पुगेका अधिकाँसले यसलाई रुचाएका छन् । प्रदर्शनको तिन दिनमै ३ करोड २७ लाख बराबरको कारोबार गर्न सफल भएको चलचित्रलाई पछिल्लो समय हेर्ने चाहना दर्शकसंगै चलचित्रकर्मी र राजनीतिज्ञमा पनि बढ्दो छ ।
प्रदर्शनको चौथो दिन चलचित्र हेर्न नेकपा एमालेक पुर्व अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल पुगेका छन् । राजधानीको एक सिनेमा घरमा उनि सहित भिम रावल, देबेन्द्र पौडेल, ठाकुर गैरे, जीवन राम श्रेष्ठ पुगेका थिए । पुर्व प्रधानमन्त्री खनालले चलचित्र हेर्ने ईच्छा व्यक्त गरेपछि उनको सचिवालयले हलमा विशेष शोको आयोजना गरेको थियो । खनाल सहित अन्य शीर्षस्थ नेताको टोलि चलचित्र हेर्न पुगेको थाहा पाएपछी चलचित्र ’शत्रु गते’ युनिट हलमा पुगेको थियो । हरिवंश आचार्य, किरण केसी, दीपक राज गिरी, दीपाश्री निरौला र प्रदीप भट्टराई हल पुगेका थिए ।
चलचित्रलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।