‘सुको छैन यार’ ‘लम्फू’ को गीत कभर डान्स प्रतियोगीता घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ

२०७५ बैशाख २८ मा रिलीज हुने नेपाली चलचित्र ‘लम्फू’को गीत ‘सुको नहोस् यार’को कभर डान्स प्रतियोगिता घोषणा भएको छ । चलचित्र ‘लम्फू’को डिजिटल अधिकार लिएको ‘हाईलाईट्स नेपाल’ले कभर डान्स प्रतियोगिताको आयोजना गरेको हो । कभर भिडियो बनाउनेले info@hightlightsnepal मा २०७५ बैशाख २० गते सम्ममा पठाउन पर्नेछ । ‘सुको नहोस् यार’ हाईलाइट्स नेपालको आधिकारीक यूट्युब च्यानलमा रहेको छ ।

उक्त गीतको कभर भिडियोको विजेताले नगद रु. पचास हजारको साथमा अन्य आकर्षक उपहारहरु जित्ने बताईएको छ । यूट्युब भ्यूज, भिडियो मेकिङ्ग, कोरियोग्राफी र निर्णायकको आधारमा २०७५ बैशाख ३१ गते विजेता घोषणा हुनेछ । गोपाल चन्द्र लामिछानेको निर्देशनमा बनेको ‘लम्फू’को यस गीतमा शिव परियारको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । प्रमोद ढुंगानाले गीत लेखेका हुन् । कबिर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशुम श्रेष्ठ, कुशाग्र भट्टराई लगायतको अभिनय रहेको ‘लम्फू’लाई पपुलर मल्टीमिडियाको लागी शक्तिबल्दभ घोरासैनीले बनाएका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.