च्याम्प चितवन र मिस्टर एण्ड मिस टिन चितवन हुदै


सेलिब्रेटी नेपाल काठमाडौँ

होलिडेज क्रियशन होम नारायणगढले च्याम्प चितवन र मिस्टर एण्ड मिस टिन चितवन २०७५ गर्ने भएको छ । ७ देखि १३ वर्ष उमेरका बालबालिका लक्षित गरेर च्याम्प चितवन र १३ देखि १६ वर्ष उमेर लक्षित गरेर मिस्टर एण्ड मिस टिन चितवन आयोजना गरीने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।अघिल्लो वर्ष प्रिन्स एउण्ड प्रिन्सेस च्याम्प चितवनको सफलता पछि यस वर्ष दुई वटा इभेन्ट गर्न थालिएको होलिडेज क्रियशन होम नारायणगढका प्रबन्धक लक्ष्मी पन्तले बताइन् ।

अघिल्लो कार्यक्रममा भएका कमिकमजोरी बाट धेरै सिकाई प्राप्त भएकोले यसपटक ग्राण्ड इभेन्ट गर्ने तयारी भएको उनले बताइन् । यूरोपियन संस्था इ प्लानेट इभेन्ट अर्गनाइजरको सहकार्यमा आयोजना गर्न लागिएको दुबै इभेन्टको फारम समेत खुला गरीसकिएको उनले जानकारी गराइन् । गत फाल्गुन १६ गते देखि अनलाइन फारम खुल्ला गरीएको र यही चैत १६ गते सम्म फारम भर्न सकिने उनले जानकारी दिएकी छिन् । शैक्षिक सत्रको अन्त्यमा हुने विदाको सदुपयोग गर्दै बालबालिकाको प्रतिभा प्रस्फोटन एवम व्यक्तित्व विकासका लागि कार्यक्रम लाभदायक हुने आयोजक संस्था होलिडेज क्रियशन होम नारायणगढका सञ्चालक नारायण ढकालले बताए ।फारम भरेकाहरुलाई चैत २१ देखि २३ गतेसम्म छनौट गरीसक्ने र १५ दिने तालिममा सहभागि गराइन उनले बताए । पहिलो चरणमा बालबालिकालाई उनीहरुको खुवी प्रस्तुत गर्न लगाउने र त्यसपछिका चरणमा प्रतिभा निखारका लागि प्रशिक्षकको निगरानीमा प्रशिक्षण दिइने सञ्चालक ढकालले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.