‘नरसिम्हा’ च्यारिटी शो बाट उठेको रकम समाज सेवामा लगाउने निर्माता मोनिका बस्नेतको प्रतिबद्दता


सेलिब्रेटी नेपाल काठमाडौँ

रौतहट जिल्लामा जन्मिएकी मोनिका बस्नेतको निर्माणमा बनेको चलचित्र ‘नरसिम्हा’ सम्पूर्ण कार्य सकिएर प्रदर्शनको लागि तयार भएको छ । चलचित्रको बैशाख महिनामा काठमाडौँमा च्यारिटी शो गर्ने र त्यसको लगत्तै रौतहटमा च्यारिटी शो पश्चात मात्र सार्बजनिक प्रदर्शन गरिने भएको छ। च्यारिटी शो मार्फत संकलन भएको रकमको पचाश प्रतिशत अपांग,असहाय,अशक्त बालबालिका तथा बृद्दको लागि सहयोग गर्ने निर्माता मोनिका बस्नेतले बताईंन । आफुले चलचित्र पैसा कमाउनको लागि नभई सामाजिक कार्यको लागि निर्माण गरेको बताउने बस्नेत चलचित्रमा लागेको आफ्नो लगानी नउठे पनि सामाजिक कार्यको लागि लागि परि रहने बताउछिन । यस चलचित्रको दर्शक प्रतिक्रिया बुझेर मात्र अर्को चलचित्र निर्माणको सोच बनाएकी बस्नेतलाइ म्युजिक भिडियोमा चाहिं खेल्ने सौख रहेको छ । उनि स्कुलको होस्टलमा बस्दा देखिको म्युजिक भिडियोमा देखिने रहर लागेको र अब छिट्टै भिडियो मार्फत देखिन लागेको उनि बताउछिन ।

चलचित्र ‘नरसिम्हा’को प्रदर्शन मिति तोकिएको छैन । चलचित्रको ब्यापारको लागि लामो बिदा,दशैं,तिहार नहेर्ने उपयुक्त मौसम अनुसार रिलिज गर्ने निर्माता बस्नेत बताउछिन । चलचित्र ‘नरसिम्हा’ लाइ गजेन्द्र रंजितले निर्देशन गरेका हुन् । चलचित्रका प्रस्तुतकर्ता नरेन्द्र के.सी.हुन् । चलचित्रमा किशोर खतिवडा,संजय खतिवडा,नम्रता योगी,दुर्गेश थापा,नरेन्द्र के.सी को मुख्य भूमिका रहेको छ । रामेश्वर हुमागाईंले छायांकन गरेको चलचित्रलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन्। सुनिल श्रेष्ठको लेखन रहेको चलचित्रमा संगीत शरण जोशी र शंकर अधिकारी घायलको रहेको छ । बुद्धि राणाको द्वन्द निर्देशन रहेको चलचित्रको प्रोडक्सन सुबाश काफ्ले दुखिको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.