नेपाल आइडलको टिम फुटेर ‘द भ्वाईस अफ नेपाल’ घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ

विश्वको नम्बर वान गायन रियालिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सुरु हुने भएको छ । यसको औपचारिक घोषणा राजधानीको पाँचतारे होटलमा गरियो । शोको बिजेताले २५ लाख नगद र २० लाख बराबरको भिडियो एल्बम तथा वर्ल्ड टुरको अवसर प्राप्त गर्नेछन् । साथै, विजेतालाई ‘भ्वाईस अफ नेशन’को उपाधि पनि दिईने आयोजकले जानकारी गराएको छ । शो जजका रुपमा वरिष्ट गायक दीप श्रेष्ठसँगै प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहनेछन ।

नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेलले निर्देशन गर्ने शोमा प्रलाद सिंह ठकुरी एमडी र फिरोज तिमिल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहनेछन । सुशील नेपालले शोको होस्ट गर्नेछन् । सुशीलले यसअघि नेपाल आइडलमा पनि होस्ट गरिसकेका छन् ।

‘द भ्वाईस अफ नेपाल’ पहिलो पटक अन्तर्राष्ट्रिय प्ल्याटफर्ममा पनि जानेछ । शोका केहि एपिसोड ‘द भ्वाईस अफ ग्लोबल’ नामक भिडियो च्यानलमा प्रशारण हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.