‘मिस टिन ग्ल्याम २०१८’को ताज जेस्सिकाले चुमीन


सेलिब्रेटी नेपाल काठमाडौँ

ललितपुर मंगलबजारकी १७ बर्षीया जेस्सिका ताम्राकारले ‘मिस टिन ग्ल्याम २०१८’को ताज जितेकी छन् । १४ प्रतियोगी सुन्दरीलाई पछि पार्दै उनीे ताज पहिरिन सफल भएकी हुन् । प्रतियोगितामा उनले शीर्ष उपाधिका साथमा ‘बेष्ट फिजिक’ र ‘बेस्ट सिंगर’को उपाधि समेत हात पारिन् ।

ग्ल्याम वल्र्ड ईन्टरटेनमेंटले सोमबार साँझ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न गरेको प्रतियोगीतामा करुणा श्रेष्ठ फष्टरनरअप, रोजीना राई सेकेन्ड रनर अप र रितिका लिम्बु थर्ड रनरअप चुनिए । यी तीन मध्ये श्रेष्ठले बेष्टस्पिच र बेस्टवाक, राइले मस्टकन्फिडेन्ट, भ्युअर्सच्वाइ र मस्टपपूलर उपाधि बिजेता घोषित हुँदा लिब्बुले मस्टचार्मिङ्गमा उपाधिमा चित्त बुझाइन् ।

युवतीहरुको प्रतिभा निखार्दै उनीहरुको भबिष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने उदेश्य प्रतियोगीताको रहेको आयोजक ग्ल्याम वल्र्डका आशिष मिश्रले जानकारी दिए । स्मृति कार्की संयोजक र अश्विनी झा कोरियोग्राफर तथा कार्यक्रम सञ्चालक रहेको प्रतियोगीतामा मस्टट्यालेन्ट दिपिका श्रेष्ठ, बेस्ट हेअर अनिशा शाही, बेस्ट स्किन रीतिशा खड्गी, बेस्ट पर्सनालिटी रश्मी अधिकारी, बेष्टफिटनेश यूविका राई, मस्ट फ्रेन्डली सम्झना चौधरी, मिस कन्जेनियालीटी रजनी बम्जन, मस्टडिसिप्लिन ज्ञानु लामा, मस्टएक्टिभ श्रेया खड्का, मस्टफोटोजेनिक रश्मी अधिकारी, फेसबुक च्वाईस दीपिका श्रेष्ठ, बेस्ट डान्सर रविना सिंह ठकुरी, मस्टआईकोनिकआईज अलिशा खड्काले उपाधि हात पारे ।

हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट ईन्टरनेशनलका सिईओ रमेश सिलवाल, अभिनेत्री खुश्वु खड्का, संगीतकार सरोज प्याकुरेल, मिसेस नेपाल ईन्टरनेशनल बिजेता सुरुची पाण्डे, पत्रकार सुर्य चन्द लगायत प्रतियोगीताको निर्णायकमा रहेका थिए । कार्यक्रममा अभिनेता गजित बिष्ट र गायक नविन पौडेलको प्रस्तुति रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.