‘उल्झन’ बेलायतमा रेड कार्पेट प्रिमियर शो सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ

लामो समय देखि बेलायत बस्दै आएका कलाकार ध्रुव दत्तले अभिनय गरेको चलचित्र ‘उल्झन’को रेड कार्पेट प्रिमियर शो बेलायतमा सम्पन्न भएको छ। आइतबार अल्डरसटको एम्पायर हलमा कैयौं भिआईपी र थुप्रै दर्शकमाझ उक्त शो गरिएको थियो । शोको सुरुआत् बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले गरेका थिए । शोमा नायक ध्रुव दत्तसँगै चलचित्रका निर्देशक राजु अधिकारी, अर्का नायक बेनी ढुंगाना र बेल्जियमबाट आएका चलचित्रका निर्माताहरु तेजेन्द्र कंडेल र हरि कार्की समेत सहभागी थिए।

त्यस्तै, एनआरएन यूकको अध्यक्ष योगकुमार फगामी, सहारा यूकेका अध्यक्ष मिनबहादुर गुरूङ , एनआरएन यूकेका पूर्व अध्यक्षहरु मुछेत्र गुरूङ र सुर्य गुरूङ, कलाकार सनम कुमार वैराग, सपनकुमार राई लगायतका विशेष अतिथीहरुको उपस्थिति रहेको थियो । ध्रुव दत्त, रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी आदिको मुख्य अभिनय रहेको चलचित्रको निर्देशन राजु अधिकारीले गरेका हुन्। चलचित्रका प्रस्तुतकर्ता तेजेन्द्र कँडेल, कार्यकारी निर्माता नारायण ढुङ्गाना, निर्माता हरि कृष्ण कार्की र नबिन अधिकारी छन् ।

मार्च २५ मा साउथ ह्यरो तथा मार्च ३१ मा स्वीन्डनमा प्रदर्शन हुने चलचित्रलाई त्यसपछि रेडिङ बेजिंगस्टोक , ननिनटंग, बर्मिंगह्याम , योर्क, वुल्वीच तथा स्कटल्याण्ड लगायतका स्थानहरुमा समेत प्रदर्शन गरिने नायक दत्तले बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.