‘टिनेज’ जेठ २५ गते बाट सार्बजनिक प्रदर्शनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

कोरियोग्राफर दिनेश पाख्रिनको निर्देशन रहेको चलचित्र ‘टिनेज’ आगामी जेठ २५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको भएको छ । पटक पटक प्रदर्शन मिति सर्दै आएको चलचित्र ‘टिनेज’ का निर्देशक पाख्रिनका अनुसार भी एफ एक्सको काम बाँकी रहेकाले रिलिजमा ढिलाई भएको हो । निर्देशक पाख्रिनले यसअघि डेढ सय भन्दा बढी चलचित्रमा कोरियोग्राफी र तामाङ तथा राई भाषाका चलचित्र निर्देशनको पनि अनुभव लिइसकेका छन् ।

किशोर युवायुवतीको प्रेमजीवनका उतारचढावलाई प्रस्तुत गरिएको चलचित्रमा एन्जिला खड्गी, नरेशविर सिंह, सरोज शाह, प्रतिक्षा खड्का, कृष्ण शिवाकोटी, अजय खड्कालगायतको अभिनय रहेको छ । विरु मगर र चिनीमाया वाइबाको लगानी रहेको चलचित्रमा सुमन उप्रेतीको पटकथा तथा संवाद, राजु किरातीको द्वन्द्व, अनिल गौतमको सम्पादन र बासु न्यौपानेको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.