​सुविधा सम्पन्न स्टुडियो रिङ संचालनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्रको प्राविधिक कार्यका लागि धमाधम स्टुडियोहरु नयाँ खुल्ने क्रममा अर्को एउटा स्टुडियो संचालनमा आएको छ । उच्च प्रविधीको जडान सहित सुविधा सम्पन्न स्टुडियो रिङ संचालनमा आएको हो । ललितपुरको रिङगरोड एकान्तकुनामा स्टुडियो रिङलाई निर्माता तथा संगीतकर्मी दिपक रमणले संचालनमा ल्याएका हुन् ।

स्टुडियो रिङ संचालनको लागि दिपकसँगै दिवाकर खड्का, लोक बहादुर शाक्य, गंगा खड्गी र राजकुमार महर्जनले सहकार्य गरेका छन् । स्टुडियोमा गीत संगीतका सबै काम देखी चलचित्रको डविङ र पोष्ट प्रोडक्शनको सबै काम हुने संचालक दिपक रमणले बताएका छन् । स्टुडियो रिङलाई बरिष्ठ चलचित्रकर्मी तथा गीतकार चेतन कार्की र बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटनमा केही गीत रेकडिङ सहित स्टुडियो संचालनमा ल्याईएको हो । कार्यक्रममा गायक सुनिल गिरि,कलाकार केशब भट्टराई,निर्देशक दिपक श्रेष्ठ,मोडल नयन डी.सी.लगाएत दर्जन भन्दा बढि चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो । ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.