तितेपाते… करोड भ्युजका लागि होइन चलचित्रको कथा अनुसार (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘डमरुको डण्डीबियो’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तितेपाते तितेपाते झ्याप झ्याप…’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत रहेको छ भने, एकतारे, हर्क साउद र कालीले गीतमा शब्द भरेका छन् । छेतन गुरुङ निर्देशित चलचित्रको कथा खगेन्द्र लामिछानेले लेखेका हुन्

राजधानीमा एक कार्यक्रमको आयोजना गरेर गीत सार्बजनिक गरिएको हो कार्यक्रममा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने, बुद्दी तामाङ, आशान्त शर्मा र संगीतकार कालीप्रसाद बाँस्कोटा उपस्थित रहेका थिए । सार्वजनिक गीतको बारेमा बोल्दै कालीले ‘तितेपाते तितेपाते…’ करोड भ्युजका लागि भन्दा पनि चलचित्रको को स्टोरी अनुरुप तयार गरिएको बताए । ‘निर्माण टिमले बजार पिट्ने भन्दा पनि कथासँग सुट गर्ने गीत निर्माण गर्न लगाउनु भएको थियो । त्यहिँ अनुसार गीत तयार गरेका छौ । ’ कालीले भने ।

बैशाख २१ गतेबाट प्रदर्शन हुने ‘डमरुको डण्डीबियो’मा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएकोचलचित्रमा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । चलचित्रमा हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.