​सिताराम कट्टेल र कुञ्जना घिमिरे बर्ष व्यक्ति घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ

फिल्मीखवर साप्ताहिकले आफ्नो प्रकाशनको ८ वर्ष पुरा गरी ९ वर्ष प्रारम्भ गरेको अवसर पारेर एक भव्य कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सवका अवसरमा फिल्मीखवरले विगतका वर्षहरुमा जस्तै यस पटक पनि वर्ष व्यक्ति पुरुष एवं महिला घोषणा गर्दै सम्मान समेत गरेको छ । प्रविशा प्रकाशन प्रा.लि. द्वारा प्रकाशित फिल्मीखवर साप्ताहिक प्रकाशनको ९ वर्ष टेकीरहँदा विगत ६ वर्ष देखी चलचित्र, गीत, संगीत, रंगमञ्च एवं मनोरञ्जन जगतका विभीन्न आधारहरुलाई मानेर वर्ष व्यक्ति छनौट गर्दै आएको छ । विभिन्न सक्रियता, चर्चा, सम्मान, योगदान विविध आधारहरु मानेर फिल्मीखवरले वर्ष व्यक्ति छनौट गर्ने गरेको हो । यहि आधारलाई मुख्य छनौट मान्दै फिल्मीखवर वर्ष व्यक्ति ०७४ नेपाली कलाकारीताको, हाँस्य व्यंङ्ग्य क्षेत्रका चर्चित एवं सफल व्यक्तित्वहरु तथा पछिल्लो समयका सामाजिक अभियान्ता सिताराम कट्टेल (पुरुष) तर्फ र कुञ्जना घिमिरे (महिला) तर्फ घोषित गरिएको थियो ।

फिल्मीखवर साप्ताहिकले ८ वर्ष पुरा गरी ९ वर्ष प्रवेश गरेको अवसरमा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप कुलपति शम्भुजित बाँस्कोटा एवं फिल्मीखवर साप्ताहिक सम्पादक तथा कार्यक्रम सभापती शान्तिप्रिय सहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले सिताराम कट्टेल तथा कुञ्जना घिमिरेलाई टीका, माला सहित प्रमाणपत्र प्रदान गर्दै सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल चलचित्र संघका उपाध्यक्ष मधुसुदन प्रधान, नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष केशव भट्टराई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नेपालकै पहिलो चलचित्र आमाकी अभिनेत्री चैत्य देवी, लेखक÷निर्देशक मोहन निरौला लगायतले फिल्मीखबर साप्ताहिकले ८ वर्ष पुरा गरी नौ वर्ष टेकेकोमा शुभकामना दीए । साथै फिल्मी खवर साप्ताहिकले वर्ष व्यक्तिको रुपमा छनौट गरिएकोमा आभार व्यक्त गर्दै अत्यन्तै सहि निर्णय गरिएको बताए । कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व कुञ्जना घिमिरेले मान्छेले आफ्नो सन्ताको प्रगती चाहन्छ, आज यो घर वातावरणमा यो किसीमको सम्मान पाउदाखेरी अत्यन्तै खुशी लागेको बताउँदै आफू कलाकारीता क्षेत्रको सन्तान भएको बताइन् ।

त्यस्तै सम्मानीत व्यक्तित्व सिताराम कट्टेलले धुर्मुस सुन्तली फाउण्डेशन केवल सिताराम र कुञ्जनाको मात्रै नभएर हामी सबैको साझा संस्था हो भने । उनले हामीसबै कलाकार जनमानसमा आपद विपद पर्दा संयमीत भएर लाग्ने गरेका छौ र अहिले पनि लागिरहेको बताए । उनले कार्यक्रममा बोल्दै फिल्मीखबरले यस किसीमको सम्मान दिदै वर्ष व्यक्ति तोकीएकोमा आभार व्यक्त गरे । उनले यो सम्मान आफ्नै क्षेत्र घरभीत्रबाट भएको र घरै बाट सम्मान भएपछि मात्रै मान्छेले बास्तविक सम्मान पाउने बताउदै आफुले देशलाई चिनाउन नमुना नेपालको अवधारणा अघि सारेको र सबैबाट सहयोग प्राप्त हुने आशा व्यक्त गरे ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.