कुनै समय निकै आलोचित बनेका एटीएमका नायिकाले चलचित्र पाय


सेलेब्रिटी नेपाल माघ २४ गते-तीन महिनाअघि रिलिज भएको चलचित्र एटीएम रिलिजको पहिलो दिन नै बन्देज भयो। यो चलचित्र बन्देज भएपछि एटीएमका नायिकाहरूले पनि बजारमा निकै टिप्पणी खेप्नुपर्‍यो। एटीएम प्रतिबन्धित भएपछि यो  चलचित्रका नायिकाले चलचित्रमा काम नपाउने अनुमान गरिएको थियो। तर, सो चलचित्रका तीनमध्ये दुई नायिकाले एकसाथ काम पाएका छन्।
सो चलचित्रका दुई नायिका सविना कार्की र सोनिया शर्माले एकसाथ चलचित्र छलमा अभिनय गर्ने मौका पाएका छन्। सो चलचित्रको यतिबेला सिन्धुलीमा छायांकन भइरहेको छ। एटीएम बन्देज भएपछि निकै मानसिक तनाव भोग्नुपरेको बताउने नायिका सविना कार्की अहिले निकै खुसी छिन्। यसपछि लगत्तै अर्को  चलचित्रमा समेत आबद्ध भएकी उनी चलचित्र छलमा राम्रो काम गर्न सकेको बताउँछिन्। विगतका दागलाई मेटेर राम्रो काम गरेको यी नायिकाको भनाइ छ।
एटीएमका तीन नायिकामध्ये जिया केसी र सविना कार्कीबीच बोलचाल छैन। जियाले त्यसपछिका  चलचित्रमा पनि एटीएमभन्दा नग्न दृश्य दिएको दाबी गरेका बेला सविनाले एटीएमको जस्तो अश्लीलको सट्टा सभ्य र राम्रो काम गरेको बताएकी छन्। एटीएमको समयमा करिब–करिब समलिंगी जस्तो बन्न पुगेका जिया र सोनियाको सम्बन्ध पनि टुटेको छ। सोनियाले जियाको संगत छाडेर सविनासँग मित्रता गाँसेपछि उनी पनि आजकाल अश्लीलभन्दा सामाजिक  चलचित्रमा आबद्ध हुन थालेकी छन्। जियाले रोजेको नग्नताकै बाटो र सविना एवं सोनियाले रोजेको नग्नताविरोधी बाटोमध्ये कुनले सफलता पाउने हो त्यो त हेर्न बाँकी छ। तर, एटीएमबाट समाजमा पाएको नकारात्मक टिप्पणीलाई सविना र सोनियाले अभिनयमार्फत नै सुधार्ने कोसिस गरिरहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.