कहिले कुम जोडाजोड,कहिले सत्तोसराप नौटंकी दुनियाँमा यस्तो त भइ रहन्छ



सेलेब्रिटी नेपाल माघ २४ गते-आफ्नो माग पूरा नगरेको भन्दै सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवको एक महिनादेखि चलचित्रकर्मीहरूले सत्तोसराप गर्दै आएका थिए। तिनै चलचित्रकर्मीहरू शुक्रबार काठमाडौं चाबहिलमा रहेको चलचित्र विकास बोर्डको आँगनमा कुम जोडाजोड गर्दै सँगै नाचेका देखिए। हिजोका दिनसम्म चलचित्रकर्मी र सञ्चारमन्त्रीबीच गाँड कोराकोर थियो। आज कुम जोडाजोडको यो अवस्थालाई देखेर दर्शकहरूले अर्को नौटंकीको उपमा दिएका छन्।
पुस ५ गते ४ बुँदे सम्झौता गरेर सिनेकर्मीलाई लोप्पा खुवाएका तिनै सञ्चारमन्त्रीलाई शुक्रबार फेरि विश्वास गरेर चलचित्रकर्मीले ११ बुँदे सम्झौता गरेका छन्। चलचित्र उद्योगलाई नै ठप्प पारेर भोकभोकै आन्दोलनमा उत्रिएका सिनेकर्मीको आन्दोलन विभाजित गराएका छन्। तर, मन्त्री यादवले चलचित्रकर्मीका माग अझै पनि पूरा गर्लान् भन्नेमा चलचित्रकर्मी नै विश्वस्त छैनन्। चलचित्रकर्मीको एक महिनासम्मको विरोधलाई बेवास्ता गर्दै आफ्ना कार्यकर्ता धर्मेन्द्र मर्बैता ‘पप्पु’लाई चलचित्र विकास बोर्डको अध्यक्ष मन्त्री यादवले बनाए। तिनै अध्यक्षको यतिबेला जी–हजुरी गर्न चलचित्रकर्मीहरू व्यस्त छन्। २ महिनामा ११ बुँदे सम्झौता पूरा गर्छु भनेर कागज गर्दै मन्त्री यादवले फेरि चलचित्रकर्मीलाई थाङ्नामा सुताएका छन्। नपत्याए दुई महिना बितेपछि यो कुरा पुष्टि हुने विभिन्न सिनेकर्मीहरूको दाबी छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.