प्रतापदासको स्वरमा ‘अनुराग’ को तिम्रो स्वरमा स्वर मिलाई सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘अनुराग’ को “तिम्रो स्वरमा स्वर मिलाई …’बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको छ । सत्य राज चौलागाईको शब्द रचना रहेको गीतमा प्रताप दासको स्वर तथा सरोज पोख्रेलको संगीत रहेको छ । उदय राज पौडेलको संगीत संयोजनमा बनेको गीतले चलचित्र भित्रको एउटा थिम बोकेको छ।

ऋषि राज धमला प्रस्तुत कर्ता रहेको चलचित्र ‘अनुराग’ जेठ ११ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ। चलचित्रमा एलिजा गौतम , समुन्द्र पण्डित , ठिलेंन लामा , सरोज खनाल , रुपा राना , राजाराम पौडेल , शिशिर राना मोहन निरौला बिस्व बस्नेत लगाएतको अभिनय रहेको छ । राम कुमार के. सी.ले छायांकन गरेको चलचित्र लाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन किरण दाहालको कथा र सत्यराज चौलागाईं /आगत के. सी .पटकथा/सम्बाद मा तयार भएको चलचित्रका निर्माता भरत गौतम र गीता भेटवाल हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.