दयाहाङ नेगेटिभ भूमिकामा ‘नेप्टे’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नयाँ बर्ष २०७५ को छेकोमा चैत्र ३० गते बाट प्रदर्शनमा आउने चलचित्र ‘नेप्टे ‘को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्बजनिक गरिएको हो देवकुमार श्रेष्ठ निर्देशित चलचित्रको ट्रेलरलाई कमर्सियल बनाइएको छ । यस अघि चलचित्रको दुइ गीत सार्बजनिक भई सकेका छन् । दयाहाङ राई नेप्टेमा नेगेटिभ भूमिकामा रहेकाले गीतमा राखिएन निर्माता तथा नायक रोहित रुम्बाले बताए।

चलचित्रमा दयाहाङ राईसँगै छुल्ठिम गुरुङ, बुद्दी तामाङ, रोहित रुम्बा, अर्जुन गुरुङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल,निर्मल लामाको मुख्य भूमिका रहेको छ । आर रोशफी फिल्मसको व्यानरमा रोहित रुम्बाले निर्माण गरेको सिनेमामा बाबू बोगटी/सन्तोष राज/रोहित रुम्बाको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हरिघले लामाको छायाँकन, रोशन श्रेष्ठको एक्सन, रोहित रुम्बाको कथा र तारा थापा (किम्भे)को सम्पादन रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.