सेन्सर बोर्ड उदार न्यूड दृश्यहित किन किनलाई एडल्ट सर्टिफिकेट


सेलीब्रेटी नेपाल माघ २३ गते-चलचित्र कर्मिको आन्दोलन समाप्त भय संगै नेपाली चलचित्रको सेन्सर हुन थालेको छ केहि समय अघाडी देखि  अड्केको  चलचित्र ‘किन किन’  भित्रको जम्मा १० सेकेन्डको दृश्य काट्दै किन किनलाई सेन्सरले एडल्ट सर्टिफिकेट दिएको छ ।
अब यस चलचित्रलाई १६ वर्ष भन्दा माथिका व्यक्तिहरुले मात्रै हेर्न पाउने भएका छन् । केही चुम्बन दृश्यको समय घटाउँदै न्यूड सिन भने राखेर किन किनलाई सेन्सर पास गरिएको छ । किन किनमा नायिका अरुणिमा लामाले न्यूड सिन दिएकी छिन् ।उकेश दाहालको निर्देशनमा तयार भएको यस चलचित्रमा राजेश हमाल, नव नायिका अरुणिमा लामा, सुभाष थाप, शशी खड्का, राज तिमिल्सिना लगायतको अभिनय रहेको छ । यस सिनेमा भित्र राजेश हमालले अरुणिमासँग उत्तेजक दृश्यहरु दिएका छन् । तर यस्ता उत्तेजक दृश्यहरुमा कैँची नचलाई सेन्सरले एडल्ट सर्टिफिकेट दिएको हो । अब आन्दोलन पछि सेन्सर पनि उदार हुन थालेको होकी ?

Copyright © 2012 - 2026 | All Right Reserved.