‘नेपाल्स मेघा सिनेस्टार’ बिजेताले १ करोड जित्ने अवसर


सेलिब्रेटी नेपाल काठमाडौँ

बिदेशी टेलिभिजन च्यानलमा रियालिटी शो हरु निकै नै लोक प्रिय छन् बिदेशी च्यानलको शो नेपाली दर्शक माझ पनि लोकप्रिय बन्दै आएका छन् अब नेपाली दर्शक हरुले नेपाली रियालिटी शो पनि निकै नै हेर्न पाउने भएका छन् ‘ओ मेगा इन्टरटेनमेन्ट’ ‘नेपाल्स मेघा सिनेस्टार’नामक रियालिटी शो गर्ने भएको छ । सोमबार राजधानीमा एक भब्य कार्यकमका बीच उक्त रियालिटी शो को औपचारिक घोषणा गरिएको छ ।

अभिनयमा आधारित उक्त शो एपी वन टेलिभिजन मार्फत दर्शक माझ आउने छ नेपाल भर विभिन्न ७ वटा शहरमा अडिसन गरिने र फाइनल मार्फत बिजेता घोषणा गरिने छ। बिजेताले नगद २० लाख एउटा ब्रान्ड न्यु कार एक बर्षको कामको कन्टयाक पाउने छन्। आयोजकका अनुसार बिजेताले १ करोड बराबरको पुरस्कार पाउने छन् । कार्यक्रमको निर्णायकको रुपमा चलचित्र निर्देशक शोभित बस्नेत,निर्देशक निश्चल बस्नेत र पुर्ब मिस नेपाल माल्भिका सुब्बा रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.