नेपालमा पहिलो चरणको छायांकन सकेर फर्कियो साउथ इण्डिएन स्टार विक्रमको टोलि


सेलिब्रेटी नेपाल काठमाडौँ

बलिउडका दर्जनौं चलचित्रमा लाईन प्रोडुसरको रुपमा काम गरि सकेका राजेन्द्र घिमिरेले हालै मात्र दक्षिण भारतीय चलचित्रका चर्चित तथा लोकप्रिय अभिनेता चियान विक्रम आफ्ना छोराको डेब्यु चलचित्रको छायाँकन नेपालमा सकाएका छन् । विक्रम हिन्दी र तेलगु दुवै भाषामा सुपरहिट भएको चलचित्र ‘आई’ का मुख्य अभिनेता हुन। डिस्ने मुभिज र बि.स्टुडियोको ब्यानरमा बेम बाला निर्देशित फिल्म ‘बर्मा’ को नेपाल छायांकन सकिएको छ। फिल्म ‘बर्मा’मार्फत विक्रमका छोरा धुर्बले डेब्यु गर्दै छन् ।

केहि अनलाइन मिडियाले ‘बौद्धमा फिल्म सुटिङ सकेर फर्कियो भारतीय टोली, नेपाली अधिकारीलाई पत्तो छैन’ भन्ने समाचार लेखेकोमा खण्डन स्वरुप राजेन्द्र र नेपालका लागि क्रियटिभ डाईरेक्टर जनक दीप पराजुलीले उक्त समाचारको खण्डन गर्दै बृस्तित जानकारी बुझेर मात्र समाचार लेख्नु पर्ने बताएका छन् । उक्त फिल्म छायांकन नेपालमा गर्नको लागि संचार मन्त्रालय,पुरातात्विक बिभागबाट अनुमति लिएको र तिर्नु पर्ने राजस्व तिरेको कागज पत्र सेलिब्रेटी नेपाल लाइ प्राप्त भएको छ । संचार मन्त्रालय बाट फेब्रुअरी २८ का दिन पत्र काटेर ‘ब्रम्हा’ फिल्म ले नेपालमा ८ दिन छायांकन गर्ने अनुमति पाएको छ । छायांकन अनुमति पत्र 42-074/47 रहेको छ ।

नेपालमा विदेशी चलचित्र छायांकनका लागि नेपाल सरकार सञ्चार मन्त्रालयबाट अनिवार्य अनुमति लिनुपर्ने प्रावधान अनुसार सबै निकाय बाट अनुमति लिएर मात्र छायांकन गरेकोमा पनि कसैले जुठो समाचार लेखेकोमा घिमिरेले दुख व्यक्त गरे । ‘नेपालमा बिदेशी चलचित्रको छायांकन गर्दा नेपाली प्राबिधिक र नेपालमा पर्यटन ब्यबसायको विकास हुने’ राजेन्द्रको भनाइ छ ।

घिमिरेले हिन्दि,तेलगु,तमिल,पन्जाबी,अंग्रेजी गरेर ७० वटा भन्दा ठुलो बजेटको फिल्ममा लाईन प्रोडुसरको रुपमा काम गरि सकेका छन् भने दर्जनौ मल्टी नेसनल कम्पनीका बिज्ञापनहरु पनि गरि सकेका छन् । घिमिरे सन् २०१८ भित्र ६ वटा ठुला तेलगु,हिन्दि र तमिल फिल्मको छायांकन नेपालमा गर्ने तयारीमा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.