‘हुर्रे’ ले दर्शकको साथ पाउँदै, माउथ पब्लिसिटीले दर्शक तान्दै


सेलिब्रेटी नेपाल काठमाडौँ

फागुन २५ गते अर्थात शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘हुर्रे’ ले दर्शकको साथ पाउन सफल भएको छ । चलचित्रले दर्शकलाई दुइ घण्टा पुरा मनोरंजन दिन सफल बनेको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । चलचित्र हेरेका दर्शकले सामाजिक बिषयबस्तुलाई उठाएको र एकपटक हेनैपर्ने चलचित्र बनेको प्रतिक्रिया दिएका छन् ।

यम थापा निर्देशित मल्टिस्टारर चलचित्र ‘हुर्रे’ ले शुक्रबार भन्दा शनिबार र आईतबार दर्शक अझ बढाउन सफल भएको बताइएको छ । मल्टिप्लेक्स तथा सिगंल थियटर दुवै तिर दर्शकको उपस्थिति राम्रै रहेको निर्माण युनिटले बताएको छ । चलचित्रमा अनुपविक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खडका लगायतका कलाकारका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई सोनम लामा र छिरिङ दोर्जे लामाले निर्माण गरेका हुन् । दावा शेर्पा चलचित्रका प्रस्तुतकर्ता हुन् । चलचित्रमा शिव ढकालको छायांकन, कालिप्रसाद बास्कोटा र राजनराज सिवाकोटीको संगीत, रोशन भट्टराइको नृत्य निर्देशन, चन्दन दत्तको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.