आयोजकलाई धोका रेखा मलेसिया नजाने


सेलीब्रेटी नेपाल माघ २३ गते-नायिका रेखा थापा यतिखेर अमेरिका भ्रमणमा छिन् । अमेरिकामा हुने एक कार्यक्रमको लागि भन्दै त्यहाँ पुगेकी रेखाले पत्रकार सम्मेलनमा केही ज्यादा नै मुख खोलेकी थिइन् । अमेरिका जानु भन्दा अगाडि  अमेरिका हुँदै मलेसिया जाने बताएकी रेखा अन्तत मलेसिया नजाने भएकी छिन् ।मलेसियाका विभिन्न ४ स्थानमा फेब्रुअरी १० देखि १३ तारिखसम्म हुने रिमिक्स धमाका नामक कार्यक्रममा रेखा थापालाई मुख्य आकर्षकको रुपमा प्रस्तुत गर्ने भन्दै उनलाई पेश्की रकम पनि बुझाइएको थियो । तर बोल्न नडराउने रेखाले आयोजकलाई धोका दिएकी छिन् । कार्यक्रममा आफू आउन नसक्ने जवाफ दिएपछि आयोजकले हैरानी बेहोर्नु परेको छ ।कार्यक्रमको पोष्टरमा रेखालाई मुख्य आकर्षण बनाएर विज्ञापन गरिएको थियो । मलेसियामा रेखा आउने खबरले ५ हजार टिकट अग्रिम बुकिङ भइसकेको आयोजकले बताएका छन् ।रेखा अमेरिकाबाट फेब्रुअरी २५ तारिखका दिन नेपाल आउने भएकी छिन् ।

 

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.