बन्ने भयो आशिरमान र शिल्पाको ‘द ब्रेकअप’


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘द ब्रेकअप’ को औपचारिक घोषणा गरिएको छ । विभिन्न कारणले लामो समयदेखि छायांकन सुरु हुन नसकेकोचलचित्रको शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो । चलचित्रमा आशिरमान जोशीको जोडीको रुपमा अभिनेत्री शिल्पा मास्के छिन् भने, अभिनेता सलोन बस्नेतसँग नव-अभिनेत्री इच्छा कार्कीको जोडी बाँधिएको छ । अष्ट्रेलिया र पोखरामा खिचिने चलचित्रको आइतवारबाट छायांकन सुरु हुने निर्माता रोहित अधिकारीले जानकारी दिए ।

हेमराज विसीले निर्देशन गर्ने ‘द ब्रेकअप’ को कथा पनि उनकै हो । बि.सी.ले चलचित्र लभस्टोरी र कमेडी जनरामा बन्ने जानकारी दिए । ‘ग्याङस्टार ब्लूज’ बक्सअफिसमा असफल भएपछि ‘ब्रेकअप’ बाट आशिरमानलाई हटाइएको खबर पनि बाहिर आएको थियो । यस विषयमा जानकारी दिँदै निर्माता अधिकारीले भने, ‘यो गलत हल्ला हो । हाम्रो पहिलो र अन्तिम रोजाई नै आशिरमान हुन् ।’ आशिरमानले पनि यो खबरलाई गलत बताए । चलचित्रमा अभिनेता सरोज खनाल,रेमन दासको समेत प्रमुख भूमिका रहने छ चलचित्रको प्रदर्शन मिति वर्ष २०७५ को भदौ १५ गतेलाई कन्फर्म गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.