‘मंगलम’ लाइ मल्टिप्लेक्स तथा सिंगल दुवै किसिमका दर्शकको साथ


सेलिब्रेटी नेपाल काठमाडौँ

शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘मंगलम’ को ब्यापार देशभर नै उत्साहपु्र्ण रहेको रिपोर्ट प्राप्त भएको छ । शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रसाइ, निर शाह, मिथिला शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह जस्ता कलाकारहरुको मुख्य भुमिका रहेको मंगलमले सिंगल थिएरटरमा मात्र होइन मल्टिप्लेक्समा पनि आक्रमक ब्यापार गरेको निर्माण युनिटले जानकारी गराएको छ ।

नवल नेपालको लेखन तथा निर्देशनमा तयार भएको पारिवारिक प्रेमकथात्मक ‘मंगलम’ लाई दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ । निर्माता छविराज ओझाका अनुसार, मंगल देशभर नै अपेक्षाकृत ब्यापार छ, तर मल्टिप्लेक्समा छविका चलचित्र चल्दैन भन्नेहरुका लागि ‘मंगलम’ दह्रो झापड बनेको छ । सिंगल र मल्टिप्लेक्स दुवै थिएटरमा चलचित्रको ब्यापार उत्साहपुर्ण छ । चलचित्रको ब्यापारबाट कलाकार शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रसाइ निकै उत्साहित देखिएका छन् । उपत्यका भित्रका विभिन्न सिनेमा हलमा पुगेर दर्शक प्रतिक्रिया लिन भ्याएका उनीहरु मंगलमलाई व्यवसायिक र समिक्षात्म दुवै रुपमा पहिलो दिनको रिजल्ट प्राप्त भएको बताउछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.