झोला टिमको ‘भोर’ टिजर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

सय बर्ष पुरानो सति प्रथाको ऐतिहासिक कथामा आधारित चलचित्र ‘झोला’ बनाएर तारिफ र प्रशंसा बटुलेको टिमको दोस्रो प्रस्तुतीमा तयार चलचित्र ‘भोर’ (फर्स्ट लाईट) को टिजर रिलिज गरिएको छ । यादवकुमार भट्टराई निर्देशित चलचित्रको सार्वजनिक टिजरमा दाइजोको पीडा झल्काइएको छ । चलचित्रको टिजरले नै ‘भोर’लाई पनि मौलिक तथा सामाजिक कथाको चलचित्रको संकेत गर्दछ ।

‘झोला’कै ब्राण्डमा अडिएर निर्देशक भट्टराईले ‘भोर’लाई अघि सारेका छन् । टिजरको सुरुवाती प्लटले त्यस्तै छनक बोल्छ । ‘झोला’लाई माया दिएका कोहि पनि दर्शक ‘भोर’बाट निराश हुन नपर्ने भट्टराईले दाबी गरे । सम्पुर्ण छायाँकन जनकपुरमा गरिएकोचलचित्रमा मुख्यतः मिथिलाञ्चलको प्रमुख ब्यथा दाइजोलाई बोल्छ ।

भट्टराईले निर्देशकिय डेब्यू चलचित्र ‘झोला’कै सेन्टिमेन्ट ‘भोर’ले बोल्ने भन्दै दर्शकलाई आफ्नै गाउँ समाजको कथा लिएर आउँदै गरेको भन्दै साथ र सद्भावको अपेक्षा पोखे । आधुनिक युग बोल्दै गर्दा पनि आहिलेको समयमा सम्म दाइजोको कारण लिङ्ग पहिचान गरेर छोरीको भ्रुणमै हत्या हुने, जति पढायो उति नै बढि दाईजो दिनुपर्ने भएका कारण नारीहरु शिक्षाबाट बन्चित भईरहेका जस्ता यथार्थ तथ्य सर्वविदितै रहेको भन्दै दाइजोलाई मानव हिंसाको संज्ञा दिएका निर्देशक भट्टराईले यसलाई समाजबाट निर्मुल पार्ने महाअभियानको रुपमा ‘भोर’लाई लिएका छन् ।

चलचित्रको निर्माता राज तिमल्सिना हुन् आगामी बैशाख २१ लाई प्रदर्शन मिति तय गरेको चलचित्रको केहि दिन पहिले इोस्टर रिलिज गरिएको थियो ।

राजसँगै रामगोपाल थापा निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता देवेन्द्र सुवेदी हुन् । मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको चलचित्रमा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी चौधरी, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पुजा कर्ण लगायत लिड रोलमा छन् । फिल्मका सबैजसो कलाकार स्थानिय छन्, जहाँ नाट्य धुन्धुरदेखि नयाँ अनुहारसम्म अटाएका छन् । किसन अर्याल मुख्य सहायक निर्देशक रहेको चलचित्रलाई दिपक बज्राचार्यले खिचेका हुन् । चलचित्रको कथा कृष्ण धारावसीले लेखेका हुन् भने पटकथा निर्देशक भट्टराईको नै रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.