बोर्डले संरक्षणका लागि डिजिटाईजेशन तथा रेष्टोरेशन गर्ने


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र विकास बोर्डले पूराना नेपाली चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाईजेशन तथा रेष्टोरेशन गर्ने भएको छ । बोर्डको पुस २४ गते अध्यक्ष निकिता पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो योजनाको निर्णय गरेको हो । निर्णयले सबैभन्दा पहिलो नेपाली चलचित्र आमा सहित १२ वटा चलचित्रलाई पहिलो चरणमा डिजिटाईजेशन गर्न लागेको हो । डिजिटाईजेशन भनेको पूराना रिल प्रविधिबाट बनेका चलचित्रहरुलाई खुइलेर जानसक्ने भएकोले त्यसलाई नयाँ डिजिटल प्रविधिमा रूपान्तर गरी संरक्षण गर्ने विधि हो ।

यसबाट पूराना चलचित्रलाई आधुनिक प्रविधिमार्फत हेर्न सकिनेछ । पूराना फिल्महरुलाई डिजिटाईजेसनको प्रक्रियामा लैजान विकास वोर्डले यसअघि नै एउटा समिति बनाएको थियो । समितिले पूराना फिल्महरुलाई क्रमशः डिजिटलाईजेसन प्रक्रियामा लैजान सिफारिस गरेको छ । डिजिटाईजेशन भएपछि सबै १६ एम्. एम्. र ३५ एम्. एम्. का फिल्महरु अब २ के. र ४ के. फर्म्याटमा ल्याउन सकिनेछ ।

आगामी असार १६ गते चलचित्र विकास वोर्डको वार्षिकोत्सवमा नेपाली चलचित्रको निर्माण, उत्पादन शुरु भएको ५० वर्ष नाघेको स्वर्णकालको उपलक्ष्यमा सप्ताव्यापी रूपमा ती फिल्महरुलाई फिल्म फेस्टिवलको रूपमा प्रदर्शनीसमेत गर्ने तयारी बोर्डले गरेको छ । आमा सबैभन्दा पहिलो नेपाली फिल्म हो । वि. सं. २०२१ सालमा छाँयाङ्कन भएको यस चलचित्र २०२२ सालमा प्रदर्शन आएको थियो । आमासँगै के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, परालको आगो, कुमारी, मनको बाँध, परिवर्तन, हिजो आज भोली, बिश्व्वाश, र शान्तिदीपजस्ता चलचित्र डिजिटाईजेशन हुन लागेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.