बाइस किस गरेपछि मात्र फिल्मको ओइरो



बलिउड चलचित्र ‘ये साली जिन्दगी’ मा एक प्रमुख पात्र शान्तिको भूमिका निर्वाह गरेकी अभिनेत्री अदिति राव हैदरीलाई अचेल दुवै हातमा लड्डु खसिरहेको छ। त्यस चलचित्रमा उनले सुरुदेखि अन्त्यसम्ममा गरी कुल २२ पटक चुम्बन दृश्य दिएकी थिइन् । सायद त्यही कारणले गर्दा उनलाई लगातार एकपछि अर्को चलचित्रको अफर आइरहेको छ
महेश भट्टको भट्ट क्याम्पले उनलाई पछिल्लो सिक्वेल ‘मर्डर ३’ मा कास्ट गरेको छ भने चर्चित चलचित्र ‘ब्लु’ का निर्देशक एन्थनी डिसुजाले आफ्नो नयाँ फिल्म ‘बोस’ मा मुख्य भूमिका निर्वाह गर्नेगरी अनुबन्धित गरिसकेका छन्। यस अतिरिक्त, ‘तनु वेड्स मनु’ फिल्मका निर्माता आनन्द एल रायले उनलाई नयाँ चलचित्र ‘रांझना’ अफर गरिसकेका छन्, जुन फिल्ममा सोनम कपूरले पनि अभिनय गरिरहेकी छन्।